सम्यक् महादानका लागि राष्ट्रपतिलाई ग्वयदाँ (निमन्त्रणा)

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ कात्तिक । काठमाडौं महानगरपालिकाले आउँदो माघ १ गते स्वयम्भूको भूइँख्यः (भुइँखेल)मा आयोजना गर्ने सम्यक् महादानका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई ग्वयदाँ (निमन्त्रणा) प्रदान गरिएको छ । ग्वयँदाका लागि बिहीबार स्वयम्भूमा शास्त्रीय विधिअनुसार पूजा गरेपछि सांस्कृतिक बाजागाजासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर सम्यक् महादान मूल समारोह समितिका प्रमुख संयोजक सुनिता डंगोलले ग्वयदाँ (निमन्त्रणा) दिएकी हुन् ।

ग्वयदाँ (निमन्त्रणा)का लागि स्वयम्भूमा प्रा. डा. नरेशमान बज्राचार्यको धर्माधिकारत्वमा मूल आचार्य मञ्जुश्रीरत्न बज्राचार्य, उपाध्याय भीमरत्न बज्राचार्य, कर्माचार्य यशरत्न बज्राचार्य र सहायक गुरु बज्राचार्य र सहायक गुरुमाहरुले ग्वयदाँ पूजा गरेका थिए । स्वयम्भूमा रहेको शान्तिपुर, बसुधरा (बसुन्धरा), महामञ्जुश्री, सम्यकमा ल्याइने भगवान अभिताब, बिजेश्वरी योगिनी, अबलोकितेश्वर (सेतो मच्छिन्द्रनाथ) को विधिवत् पूजा गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको राजकीय बाजा तथा धिमे र गुँला बाजासहित मूल समारोह समिति, वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु, सम्यक् महादान कार्यान्वयन समिति, उपसमिति, महानगरपालिकाका विभागीय प्रमुख सहितको टोली, राष्ट्रपति भवन पुगेर निमन्त्रणा गरिएको हो ।

त्यस अवसरमा महानगरपालिकाका कार्यवाहक प्रमुख एवं मूल समारोह समितिका प्रमुख संयोजक डंगोलले, निमन्त्रणा पत्र पढेर राष्ट्रपतिलाई प्रदान गरिन् । त्यस अवसरमा आचमन दिने, टीका लगाइदिने, माला, पुष्पगुच्छा र फलफुल अर्पण गरिएको थियो ।ग्वयदाँ पूजासँगै कार्यबाहक प्रमुख एवं मूल समारोह समितिका प्रमुख संयोजक डंगोलले, घण्टाघोषण (स्वयम्भूबाट सम्बन्धित सबैलाई दिइएको निमन्त्रणा बाचन) गरेकी छन् । सम्यक महादानमा आउनका लागि सांस्कृतिक र प्रशासनिक रुपमा निम्तो नपुगेका सबैले स्वयम्भूबाट गरिएको घण्टाघोषणबाट आफूलाई निम्तो प्राप्त भएको मान्ने चलन छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...