मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित अख्तियारको नियन्त्रणमा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ कात्तिक । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भक्तपुर मध्यपुर थिमि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ। सोमबार अपरान्ह्र प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई घुस सहित नियन्त्रणमा लिइएको हो। ‘प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ। रकम हेर्ने काम भइरहेको छ,’अख्तियारका स्रोतले सेतोपाटीसँग भन्यो।
अख्तियार स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ३० लाख रुपैयाँ भन्दा बढी घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो। हाल अख्तियारको टोलीले घटनास्थलमै बरामद रकमको गणना गर्ने तथा मुचुल्का उठाउनेलगायतका कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट थप विवरण आउन बाँकी छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...