भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृत घोषणा गरिँदै

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २४ कात्तिक । गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। दशकौं देखिको कानुनी उल्झन चिर्दै १७१ विदेशीसहित २ हजार ४६५ जनालाई मन्त्रिपरिषद्बाटै मृत घोषित गर्न लागिएको हो। यसअघि मुलुकी देवानी संहिताअनुसार बेपत्ता व्यक्तिलाई मृत मान्न ३ देखि ५ वर्ष पर्खनुपर्ने वा अदालतमा न्यायिक प्रक्रिया धाउनुपर्ने बाध्यता थियो। तर, गत असोज २३ मा जारी विपत्सम्बन्धी अध्यादेशमार्फत ऐन संशोधन गरिएपछि इतिहासमै पहिलोपटक सरकारले विपतमा बेपत्ता भएका नागरिकलाई सिधै मृत घोषणा गर्न लागेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो चरणमा सिफारिस भएका व्यक्ति जीवित फेला परेको भए ७ दिनभित्र दाबी पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ।
तोकिएको म्यादभित्र दाबी नपरे प्राधिकरणको कार्यकारी समितिले मन्त्रिपरिषद्मा सिफारिस पठाउनेछ। मन्त्रिपरिषद्को निर्णयपछि पीडित परिवारले स्थानीय वडा कार्यालयबाट कुनै विलम्ब शुल्क नतिरी सहजै मृत्युदर्ता प्रमाणपत्र पाउनेछन्।

त्यसलगत्तै जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। यदि मृत घोषित व्यक्ति पछि जीवितै भेटिएमा निर्णय बदर गर्न सकिने कानुनी व्यवस्थासमेत गरिएको छ।
बाढीमा कुल ५ हजार २८६ जना बेपत्ता भएको विवरण प्राधिकरणसँग छ। जसमा ६३६ विदेशी नागरिक छन्। पहिलो चरणमा ३१ जिल्लाका २ हजार २९४ नेपाली र सात देशका १७१ विदेशी समेटिएका छन्। बाँकी बेपत्ताको हकमा तिहारपछि दोस्रो चरणको सूचना निकालेर प्रक्रिया अघि बढाइनेछ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...