काठमाडौं, १९ कात्तिक । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको छ। यससँगै, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २६५ रुपैयाँले वृद्धि भई प्रतितोला ३ हजार ९२० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।







