बागमतीका मुख्यमन्त्री थापाले मन्त्री मगरसँग गरे कार्यसम्पादन सम्झौता

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, ०९ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरसँग कार्यसम्पादन सम्झौता गरेका छन् । यसअघि प्रदेश सरकारका अन्य मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरिसकेका मुख्यमन्त्री थापाले मन्त्री आले मगरसँग भने पछिल्लो पटक सम्झौता गरेका हुन् ।
मन्त्री आले मगरले स्वास्थ्य अवस्थाका कारण अन्य मन्त्रीसँगै पद तथा गोपनीयताको शपथ लिन पाएकी थिइनन् । उनी २०८३ असोज २ गते मात्रै कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्रीका रूपमा शपथ लिएर जिम्मेवारी सम्हालेकी हुन् ।

मुख्यमन्त्री थापाले चालु आर्थिक वर्ष २०८३/८४ का नीति, कार्यक्रम तथा बजेटमा समावेश योजना र आयोजनालाई निर्धारित समय र गुणस्तरअनुसार अघि बढाउने उद्देश्यले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै आएका छन् । सम्झौतामार्फत मन्त्रालयको कामलाई परिणाममुखी बनाउने र तोकिएको समयभित्र योजना कार्यान्वयनमा जोड दिइएको छ ।

मुख्यमन्त्री थापाले प्रदेश सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरे पनि एमालेबाट मन्त्री बनेका ज्ञानबहादुर तामाङलाई भने अहिलेसम्म मन्त्रालयको जिम्मेवारी दिएका छैनन् । प्रदेश सरकारको आधिकारिक विवरणमा तामाङलाई हालसम्म ‘बिनाविभागीय’ मन्त्रीकै रूपमा राखिएको छ । यससँगै मुख्यमन्त्री थापासँग कार्यसम्पादन सम्झौता गर्ने मन्त्रीहरूको सूचीमा रमा आले मगर पनि थपिएकी छन् । सम्झौतापछि कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने मन्त्री मगरले बताइन ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...