दशैं बिदापछि खुलेको नेप्सेमा ४.३४ अंकको गिरावट

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०९ कार्तिक । दशैं बिदापछि खुलेको सेयर कारोबार मापक नेप्से परिसूचक ४.३४ अंकले घटेको छ । शून्य दशमलव १६ प्रतिशतको गिरावाटपछि समग्र नेप्से परिसूचक २ हजार ६ सय २९ दशमलव ८२ मा ओर्लिएको छ । उत्पादन तथा प्रशोधन, व्यापार र जलविद्युत्‌को सेयर मूल्य बढ्यो भने सामूहिक लगानी कोषको सेयर मूल्य स्थिर रह्यो । उत्पादन तथा प्रशोधनको १०९.७४, व्यापारको ३५.५६ र जलविद्युत्‌को ८.७५ अंकले बढ्यो । विकास बैंक ६६.९१, निर्जीवन बिमा ६१.८६, जीवन बिमा ५३.२३ अंकले घट्यो ।

कारोबारमा आएका मध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्यो, १७१ कम्पनीको सेयर मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
बेनी हाइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशतले बढ्यो । माथिल्लो मैलुङ खोला जलविद्युत्‌ कम्पनीको ५.८१, सोनापुर मिनरल्स एन्ड आयलको ५.०७, सगरमाथा जलविद्युत् कम्पनीको ४.७२, घोराही सिमेन्ट इन्डस्ट्रिजको  ४.४७  प्रतिशतले मूल्य बढ्यो ।
चिर्ख्वा हाइड्रोपावरको ७.९२, महिला लघुवित्त वित्तीय संस्थाको ७.५७, एसबीएल डिबेञ्चरको ५.९१,  गुराँस लघुवित्त वित्तीय संस्थाको  ५.८१, ग्लोबल आईएमई बैंक डिबेञ्चरको ५.४७ प्रतिशतले घट्यो । कुल ३८ हजार ७८८ पटकको सेयर कारोबारमा ४ अर्ब रूपैयाँको सेयर किनबेच भएको छ । ती किनबेचमा १ करोड ३ लाख ४३ हजार कित्ता सेयर किनबेच भए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...