त्रिपुरेश्वरमा बस आगजनीमा घाइते चालकको मृत्यु

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०६ असोज । त्रिपुरेश्वरमा सोमबार बसभित्र आगो लगाइँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा सोमबार बेलुका ७ बजे मृत्यु भएको हो ।

सोमबार दिउँसो बा २ ख  ४२७४ नम्बरको बसभित्र चालकले नै आगजनी गरेको प्रहरीको निष्कर्ष छ । घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ट्राफिकसँग विवाद देखिएको छ । बस आगजनीमा घाइते चालकलाई उपचारका लागि दिउँसो कीर्तिपुर बर्न अस्पतालमा लगिएको थियो । आगलागीमा चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको अस्पतालले जनाएको थियो । उक्त घटनाको छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...