रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार सोमबार एउटै घरभित्र २४ वटा शव फेला परेको हो।
शव फेला परेको घरमा आज पनि खोजी कार्य भइरहेको उनले जानकारी दिए। उक्त घरमा भएका शवका विवरण आज आउने छ। होटल वा गेस्ट हाउस जस्तो देखिने उक्त घर कसको भन्ने जानकारी नआएको उनको भनाइ छ।

भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म  ९८७ शव फेला परेको छ भने, ३ हजार ९१६ सम्पर्कबिहीन छ । प्राधिकरणका अनुसार २१ हजार ११ जना सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी) ले खोजी कार्य जारी राखेका छन्। रसुवाको विभिन्न स्थानमा भएको जलविद्युत आयोजनामा भएका सुरुङमा फसेकाहरूको उद्धार कार्य अझै जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...