उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

Date:

Share post:

Suryabinayak Nagarpalika

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न निर्णय गरेको छ। सोमबार बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको प्रमुख आतिथ्यता एवम् रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको अध्यक्षतामा बैठक भएको हो ।

बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको भन्दै उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन भएको बताए । उनले अहिलेको मुख्य प्राथमिकता उद्धार र प्रभावित नागरिकको व्यवस्थापन हुने बताएका छन् । उनले उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति, उपकरण, खाद्यान्न, औषधि तथा अन्य सामग्रीको अभाव हुन नदिन सम्बन्धित निकायलाई सक्रिय बनाउन निर्देशन दिएका छन्।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत वितरणलाई प्राथमिकता दिँदै अवरुद्ध सडक तथा यातायात सञ्चालन, खाद्यान्नलगायत अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन र प्रभावित नागरिकको सुरक्षित स्थानान्तरण हुनुपर्ने बैठकमा बोल्ने ब्यक्तिहरुले जोड दिएका थिए।

बैठकले बाढीबाट क्षतिग्रस्त सडक तथा पूर्वाधारको तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालनमा ल्याउने, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी आवश्यक स्रोत–साधन परिचालन गर्ने निर्णय गरेको छ। प्रभावित क्षेत्रमा राहत वितरणलाई व्यवस्थित बनाउन संघीय सरकार मातहतका कार्यालयबाट राहत सामग्री संकलन तथा प्रदेश सरकारमार्फत आवश्यक सामग्रीको व्यवस्थापन गरी स्थानीय तहसँगको समन्वयमा वडास्तरसम्म वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ।

त्यस्तै, बाढीका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा पहिचानका लागि सुरक्षा निकाय र सम्बन्धित स्थानीय तहलाई परिचालन गर्ने तथा शव व्यवस्थापनका लागि आवश्यक स्थान र अन्य व्यवस्थापन स्थानीय तहले गर्ने निर्णय भएको छ। बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको तत्कालीन र दीर्घकालीन पुनर्निर्माणका लागि सम्बन्धित निकायले प्राथमिकताका साथ काम अघि बढाउने तथा जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन आवश्यक सावधानी अपनाउने निर्णयसमेत गरिएको छ।
बैठकमा प्रतिनिधिसभा सदस्य मोहन आचार्य, बब्लु गुप्ता, बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रदेशसभा सदस्य प्रभात तामाङ, प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे, जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक पौडेल, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलान, प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार, कालिका गाउँपालिकाका वडाध्यक्ष सन्दीप पौडेल, पूर्वाधार विकास कार्यालय रसुवाका प्रमुख रविन महर्जन लगायत सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

तस्बिर : संजिव थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...