बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि पञ्चमीसम्म चार दिन चार रात बोडेका विभिन्न स्थानमा प्रदर्शन हुने नीलबराही नाच नारायणस्थान लाछीबाट सुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरेर समापन गर्ने चलन छ ।

नाचमा धाँ बाजा, भुस्याय, काँय, पोगाँ बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगणहरू नाच्ने गर्दछन् । नीलबाराही नाचको देवगणमा भैरव, बाराही ४, कुमारी ४, सिहं ४, द्वारपाल २ र गणेश ४ गरी १९ जनाको समूह हुन्छ। देवगणका ज्वकुलु (सहयोगी) र वाद्यवाधक गरी एक सय जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील हुने गर्दछन्। नीलबाराही गणनाच तान्त्रिक विधि विधानयुक्त नाच हो।

नीलबाराही नाचमा देवता बनेर नाच्ने व्यक्ति नाच्नका लागि घरबाट निस्केदेखि कसैसँग बोल्न नहुने, हावाहुरी र ठूलै पानी परे पनि कतै ओत लाग्न नहुने, घामपानीबाट बच्न छाता ओढ्न नहुने, तिर्खा लागे पानी पिउन नहुने, थकाइ लागे कहीं कतै बस्न नहुने र बस्नै पर्ने भए जोकलको तिघ्रामा मात्र आसन लगाएर बस्नुपर्ने, दैनिक १४/१५ घण्टा थकाइ नभनी नाच्नुपर्ने विधान छ। नीलबाराही नाचमा एकपटक देवता बनेपछि मृत्यु नभएसम्म उनको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान रहेको स्थानीय बताउँछन् । देवता बनेको व्यक्ति भागेमा, विदेश गएमा, बिरामी भएमा उसको मुखुण्डो देवघरमा राखेर पूजा गरी राख्ने तर उसको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान छ। निलबाराही नाच मंगलबार साँझ सम्म चल्नेछ ।तस्बिर : सचिन बज्राचार्य 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...