अकासियो मूल्यवृद्धि

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३० असार । वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य वृद्धिदर पछिल्ला महिनाहरूमा उकालो लाग्न थालेको छ । सोही क्रममा गत जेठसम्म औसत मूल्यवृद्धि ५.२२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको जेठको तुलनामा यसवर्षको सोही अवधिमा मूल्यवृद्धि २.५ प्रतिशतले बढी हो । गत वर्षको जेठमा यस्तो मूल्यवृद्धिदर २.७२ प्रतिशत थियो ।
गत जेठमामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.९५ प्रतिशत र भने गैरखाद्य तथा सेवा समूहको ५.३७ प्रतिशत रहेको छ । जेठ २०८२ मा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ०.५४ र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.९४ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा औसत मूल्यवृद्धिदर २.८९ प्रतिशत छ । गत वर्षको सोही अवधिमा औसत मूल्यवृद्धिदर ४.२४ प्रतिशत रहेको थियो । ‘जेठ २०८३ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १७.४०, घ्यू तथा तेलको १५.१०, माछा तथा मासुको ५.२६ र तरकारीको ४.१४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । तर दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.९३ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.६८, यातायातको १५.३१, मदिराजन्य पेय पदार्थको ७.२०, शिक्षाको ५.५४ र कपडा तथा जुत्ताचप्पलको ५.५३ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...