गणेश नेपालीको शव शिक्षण अस्पताल पुर्‍याइयो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २७ असार । आत्मदाहपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीको शव शुक्रबार राति वीर अस्पतालबाट महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ। बिहीबार आत्मदाहको प्रयास गरेका राइड–सेयरिङ चालक गणेशको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो। वीर अस्पतालले शुक्रबार बिहान ११: १९ बजे मृत्युको औपचारिक घोषणा गरेको थियो।

उनका आफन्तहरूले पनि सरकारले गणेशका परिवार पाल्ने जिम्मा लिनुपर्ने भन्दै शव बुझ्न अस्वीकार गरेका थिए। वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार परिवारले तत्काल शव नबुझेमा शव बिग्रिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानान्तरण गरिएको हो। उनका अनुसार वीर अस्पतालमा शव लामो समयसम्म सुरक्षित राख्न आवश्यक पूर्वाधार नभएकाले शवलाई शिक्षण अस्पतालको शवगृहमा सारिएको हो। परिवारले शव नबुझीकन मुचुल्का तथा पोस्टमार्टम अगाडि बढाउन नमिल्ने भएकाले हाल शव नबिग्रियोस् भनेर उतै लगिएको बुढाथोकी बताउँछन्।
आत्मदाहको प्रयास गरेका गणेशको घाउ निकै गहिरो थियो र शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेकाले उनलाई बचाउन नसकिएको उपचारमा संलग्न वीर अस्पतालको बर्न तथा प्लास्टिक सर्जरी युनिटका प्रमुख डा. पीयूष दाहालले जानकारी दिएका थिए।
बिरामीको अवस्था सुरुदेखि नै नाजुक थियो। स्वास्थ्य अवस्था थप जटिल बनेपछि चिकित्सकहरूले गणेशलाई भेन्टिलेटर सपोर्टमा राखेका थिए। क्रिटिकल केयर टोलीले शुक्रबार बिहानै बिरामीको कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...