राहदानी विभाग अगाडि शरीरमा आगो लगाएका युवकको अवस्था गम्भीर

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ असार । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आगो लगाएका युवाको स्वास्थ गम्भीर र चिन्ताजनक रहेको उपचारमा सम्लग्न वीर अस्पतालका चिकिकत्सहरूले बताएका छन् । बिहीबार दिउँसो काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि मुगुको सोरु गाउँपालिका-१ घरभई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका थिए ।
वीर अस्पतालका बर्न युनिट प्रमुख डा. पियुस दाहालका अनुसार उनको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनी बेलाबेलामा अलिअलि बोल्ने गरेको चिकित्सकहरूले बताएका छन् ।

उनलाई सघन उपचार कक्ष (आइसीयू)मा लैजाने तयारी भइरहेको छ । उपचारमा संलग्न एक चिकित्सकले करिब ७० प्रतिशत भाग जलेको बताए । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार नेपालीले विभाग अगाडी मोटरसाइकल पार्किङ गरेको र बाइकमा प्रहरीले व्हिल लक लगाइदिएको थियो । आफ्नो बाइकमा व्हील लक लगाएको भन्दै बाइकबाटै पेट्रोल निकालेर उनले शरीरमा आगो लगाएका हुन् । आगो लगाएपछि घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...