एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २३ असार । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले ग्रेड्बृद्धिको लागि लिएको पूरक परीक्षाको नतिजा मंगलबार बिहान सार्वजनिक गरेको हो । असार १ देखि ९ गते सम्म भएको पूरक परीक्षामा सहभागी परीक्षार्थीमध्ये ६४.६८ प्रतिशत उतिर्ण भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताएका छन् । उक्त परीक्षामा १ लाख २९ हजार १ सय १४ जना सामेल थिए । जसमा, ८३ हजार ५ सय २३ जना वर्गीकृत हुन सफल भएका उनले बताए ।

पूरकको नतिजासँगै एसईई उतीर्ण गर्ने विद्यार्थी ८५.३७ प्रतिशत पुगेका छन् । परीक्षामा नियमिततर्फ ४ लाख ३० हजार ६ सय ६७ परीक्षार्थी रहेका थिए । मूल परीक्षामा ननग्रेडेड रहेका र ग्रेड वृद्धिका लागि योग्य रहेका १७ हजार ३ सय ९३ विद्यार्थी भने पूरक परीक्षामा सहभागी नै भएनन् । बोर्डका अनुसार परीक्षार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट,परीक्षा नियन्त्रण कार्यालय(कक्षा १०)को वेबसाइट, विभिन्न सूचना प्रदायक र टेलिफोन सेवा प्रदायकका वेबसाइट, आईभीआर, एसएमएस तथा यूएसएसडी सेवामार्फत हेर्न सक्नेछन्। साथै, परीक्षा नियन्त्रण कार्यालयले वेबसाइटबाट सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

प्रकाशित नतिजामा चित्त नबुझेका परीक्षार्थीले उत्तरपुस्तिका हेर्न तथा पुनः परीक्षण गराउन समेत सक्ने व्यवस्था मिलाइएको छ । सो को लागि असार २५ गतेदेखि असार ३१ गतेसम्म निवेदन दिनुपर्ने परीक्षा नियन्त्रक टुकराज अधिकारीले जनाएका छन् । निवेदन अनलाइनबाट दिने ब्यवस्था गरिएको छ । विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाईट www.see.gov.np मा हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न...

सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, राहत र उद्धार प्रभावकारी बनाइने

काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता...

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...