रास्वपा भक्तपुरको सभापतिमा रामेश्वर बस्नेत

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको सभापतिमा रामेश्वर बस्नेत चुनिएका छन् । शनिबार भक्तपुरको सुर्यविनायकमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले बस्नेतको सभापतित्वम नयाँ कार्य समिति निर्वाचित गरेको हो । बस्नेत यसअघिका पनि सभापति हुन् । अधिवेशनले जिल्ला उपसभापतिमा स्मृति भट्टराईलाई निर्विरोध निर्वाचित गरेको छ ।
सहमति बन्न नसके पछि भएको निर्वाचनमा सचिवमा सञ्जीव प्रजापति र सहसचिवमा रामकृष्ण देउजा निर्वाचित भएका छन् । सचिवमा प्रजापतिसंग राजेश शिल्पकार र सहसचिवमा देउजासंग प्रल्हाद कार्की पराजित भए ।

सदस्यहरूमा क्षेत्र १ बाट रनोज थापा र क्षेत्र २ बाट राजु थापा तथा महिला सदस्यमा प्रेरणा देसार निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा कृष्णप्रसाद घिमिरे, रामकृष्ण खनाल निर्वाचित भएको प्रतिनिधिसभा सदस्य रुकेश रन्जितले जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...