ईश्वरीको हत्या प्रकरणमा नेपाली ब्रोसँगै थप तीन जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २४ जेठ । काठमाडौं तारकेश्वरमा ईश्वरी भुजेलको हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।
शुक्रबार साँझ साढे ९ बजे तारकेश्वर नगरपालिका-६ पैँयुटार बस्ने ईश्वरीको हत्या भएको हो। हत्या आरोपमा उनका श्रीमान ‘नेपाली ब्रो’ भन्ने कुमार थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ।
उनीसँगै थप तीन जनालाई पनि पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ पर्नेमा पैँयुटार बस्ने ३६ वर्षीय विक्रम थापा मगर, बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्ला घर भई गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य छन्।

काठमाडौं प्रहरी प्रवक्ता एसपी भट्टराईका अनुसार परिवारले घटनामा संलग्न भन्दै दिएको किटानी जाहेरीका आधारमा अरु ३ जना पनि पक्राउ परेका हुन् । उनीहरुलाई कम्तीमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।
थापाले २२ जेठको राति साढे ९ बजे उनकी श्रीमती इश्वरी भुजेललाई रड प्रहार गरेर हत्या गरेका थिए । उनलाई उपचारका लागि अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको थियो ।
यो घटना हुनुअघि उनीहरु सम्बन्धविच्छेद गर्ने तयारीमा थिए । सामाजिक सञ्जालमा चर्चामा रहेका ‘नेपाली ब्रो’ जोडिएको यो घटनापछि पूर्वगृहमन्त्री एवं रास्वपा सांसद् सुधन गुरुङले प्रहरी वृत्त बालाजु पुगेर घटनाबारे जानकारी लिएर निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

ग्वार्को फ्लाईओभरको भित्तामा ठोक्किएर बस दुर्घटना, एकको मृत्यु १८ जना घाइते

ललितपुर, २१ साउन । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने,१८...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं, २१ साउन । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको...

बागमती एमालेमा नेतृत्व परिवर्तनको दबाब, किरण थापाको पक्षमा १९ सांसद

काठमाडौं, २० साउन । बागमती प्रदेश सरकार गठनको प्रक्रिया लम्बिँदै गएपछि नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र नेतृत्व...

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक बहुमतले पारित

काठमाडौं, १९ साउन । राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने विधेयक राज्य...