काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लब विजेता

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ जेठ । नेपाल पुलिस क्लब काठमाडौं मेयर कप स्वीमिङ च्याम्पियनसिपको विजेता बनेको छ । टीम र्‍याङिकङमा विजेता क्लबलाई काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेकी छन् । ललितपुरको सातदोबाटो स्थित पौडी पोखरीमा शनिबार र आइतबार सञ्चालन भएको च्याम्पियनसिपमा १,०३६ अंकसहित क्लब पहिलो बनेको हो ।
७७८ अंकसहित निसर्ग बाटिका स्कूलले फस्ट रनर अप स्थान र ५७६ अंकसहित नेपाल एपीएफ क्लवले सेकेण्ड रनरअप स्थान प्राप्त गरेका छन् । आइतबार भएको कार्यक्रममा फस्ट रनरअपलाई २५ हजार रुपियाँ, सेकेन्ड रनरअपलाई १५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेको छ ।
४८९ अंकसहित जेम्स स्कुलले चौथो र २८१ अंकसहित त्रिभुवन आर्मी क्लबले पाँचौ स्थान हासिल गरेको छ ।

एपीएफका जेडन श्रेष्ठ र नेपाल प्रहरीका इर्भिन श्रेष्ठ समान ३ हजार अङ्कसहित उत्कृष्ट पुरुष खेलाडी घोषित भए । नेपाल पुलिस क्लबबाट प्रतिस्पर्धा गरेकी देभान्सी जोशीले ९ हजार २ अंकसहित उत्कृष्ट महिला खेलाडीको उपाधि हासिल गरेको छ । उनीहरुलाई १५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरियो ।
प्रतिस्पर्धामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जेम्स, लिटिल एञ्जलसहित विभिन्न विद्यालयहरु, सगरमाथा क्लवसहित विभिन्न क्लवहरुबाट खेलाडीहरु प्रतिस्पर्धामा हुनुहुन्थ्या । उमेरका हिसाबले ६ वर्षदेखि २५ वर्षसम्मका खेलाडी सहभागी थिए ।
खेलाडीलाई सम्मान गरिसकेपछिको संक्षिप्त प्रतिक्रियामा कार्यवाहक प्रमुख डंगोलले, विधागत खेलमा गरेको लगानीबाट स्थानीय स्तरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने तथा अन्तर्राष्ट्रिय खेलहरुमा प्रतिस्पर्धाका लागि प्रोत्साहन गर्ने लक्ष्य राखेर खेलकुदका पूर्वाधार तथा प्रतिस्पर्धात्मक खेल आयोजनामा महानगरपालिकाले लगानी बढाएको बताइन् ।
प्रतियोगिता स्थलमा महानगरपालिकाले आकस्मिक स्वास्थ्योपचारका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली र एम्बुलेन्स सेवा तैनाथ राखेको थियो ।
प्रतियोगिताका संयोजक उमेश प्रधानका अनुसार ५० मिटर, १ सय मिटर, २ सय मिटर र ४ सय मिटर दुरीमा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, वटरफ्लाई सहित ३७ विधामा खुला प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धाहरु बिहान र बेलुका सञ्चालन गरिएका थिए । समापन अवसरमा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव ईश्वरकुमार कार्कीसहितका वक्ताले काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रमा गरेको लगानीबाट देशको गौरव उच्च बनाउने जनशक्ति उत्पादन हुने बताउनुभयो । यो देशको गौरवका निम्ति महत्वपूर्ण लगानी हो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...