सेफ सन्तोष शाहलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १ असार । प्रहरीले सेफ सन्तोषका रूपमा चर्चित मिथिला थालीका सञ्चालक सन्तोष शाहलाई कम्तीमा ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । ठगीसम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न म्याद माग्दै प्रहरीले उनलाई जिल्ला अदालत, काठमाडौं हाजिर गराएको थियो । त्यसक्रममा अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले साहलाई बैंकिङ कसूरको आरोपमा जनकपुरमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । र, थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाइदिएको थियो । ‘बैंकिङ कसूरमा अदालतबाट आदेशसमेत भइसकेको रहेछ, त्यसमा सोमबार हाजिर गराउँदैछौं,’ उनले भने ।
प्रहरी सन्तोषसँगै सोही रेस्टुरेन्टका अर्का सञ्चालक नारायण साह सुडीलाई पनि पक्राउ गरेको थियो । दुवै मुद्दा गैरीधारामा उनले चलाउन खोजेको रेस्टुरेन्टसँग सम्बन्धित छ । जाहेरी दिने शकुन्तला थापा साहलाई गैरीधारामा भएको एउटा रेस्टुरेन्ट उनीहरूलाई १ करोड ३० लाख रुपैयाँमा बिक्री गरेकी थिइन् । त्यसबापत साहले चेक दिएका थिए । पैसा निकाल्न जाँदा चेक बाउन्स भएको थियो । यस विषयमा पहिले पनि पटक-पटक दुई पक्षबीच गराएको प्रहरीको भनाइ छ ।

तर, सहमति नगरी समय नाघेपछि अदालतमा समेत मुद्दा दायर भएको थियो । पछि ठगीमा समेत प्रहरीमा मुद्दा दर्ता भएको छ । सन्तोष नेपाली खानालाई विश्वमाझ चिनाउने अग्रणी नेपाली सेफ हुन् । सन् २०२१ मा उनी बीबीसी मास्टर सेफ बनेका थिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...