कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा थाल ठटाएर विरोध

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १ असार । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारले खाना नपाएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । सोमबार बिहानैदेखि खाना खान नपाएपछि आक्रोशित बनेका उनीहरूले सेन्टरको गेटमा थाल ठटाएर विरोध जनाएका हुन् । ‘हाम्रा बालबच्चा स्कुल जान पाएनन्, सबै थाल बजाएर गेटमा बसेका छन्,’ एक आश्रित महिलाले भनिन्, ‘सरकारले आजदेखि भात दिन्न भन्यो रे, अब हामीले के गर्ने ?’
नगरपालिका र सम्बन्धित मन्त्रालयबीच समन्वय नहुँदा आफूहरू भोकै पर्नुपरेको विस्थापितहरूको गुनासो छ । यसबारे बुझ्न खोज्दा कर्मचारीहरूले आफूहरूलाई केही थाहा नभएको भन्दै पन्छिने गरेको उनीहरूले बताए।

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले भने क्याटरिङ सेवा परिवर्तन हुन लागेकाले खाना खुवाउन ढिलाइ भएको दाबी गरे । ‘आजदेखि क्याटरिङ व्यवस्थापन परिवर्तन हुन लागेको हो,’ उनले भने, ‘हामी केही छिनमै प्याकेटको खाना खुवाउँछौँ, बेलुकीबाट भने नयाँ व्यवस्थापनले काम सुरु गर्नेछ ।’ गत वैशाख १२ गते विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएका बासिन्दाहरू महिनौँदेखि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बस्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न

काठमाडौं, २२ साउन । महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको सम्पदा तथा...

ग्वार्को फ्लाईओभरको भित्तामा ठोक्किएर बस दुर्घटना, एकको मृत्यु १८ जना घाइते

ललितपुर, २१ साउन । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने,१८...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं, २१ साउन । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको...

बागमती एमालेमा नेतृत्व परिवर्तनको दबाब, किरण थापाको पक्षमा १९ सांसद

काठमाडौं, २० साउन । बागमती प्रदेश सरकार गठनको प्रक्रिया लम्बिँदै गएपछि नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र नेतृत्व...