आगामी आव ०८३/८४ का लागि काठमाडौं महानगरपालिकाको नीति पारित 

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०१ असार । आगामीआर्थिक वर्ष (आव) ०८३/८४ का लागि काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । सोमबार कार्यबाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बसेको नगर सभाको १९ औँ अधिवेशनले ध्वनी मतका साथ नीति तथा कार्यक्रम पारित गरेको हो । जेठ ३१ गते (आइतबार) बसेको सभाको पहिलो बैठकमा कार्यवाहक प्रमुख डंगोलले, महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न नभएका वहुवर्षिय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै ११ क्षेत्र समेटेर १०१ बुँदामा नीति पेश गरेको थियो । उनले पेश गरेको नीतिमा आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई आधार मान्ने उल्लेख गरिएको छ ।
यो नीतिमा छलफल गर्दै सोमबार नगर सभा सदस्यहरु आशामान संगत, सुमन श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, रोजिना श्रेष्ठ, हीरादेवी पोखरेल, रुपा थापा क्षेत्री, सन्तोष ढुङ्गेल, आशा श्रेष्ठ रौनियार, टेकराज अधिकारी, नविन मैनाली, हर्कबहादुर खाती, रत्नाकर बज्रचार्य, हरिबहादुुर बस्नेत, सरु अधिकारी, रामबाबु कोइराला, महेश नेपाली, सृष्टि कंसाकार र भगवान बुढाथोकीले सुझाव र संशोधन प्रस्ताव गरेका छन् ।
उनीहरुले पूर्वाधार विकास, सामाजिक विकास, विपद व्यवस्थापन, सहरी व्यवस्थापन, अनौपचारिक क्षेत्रको आर्थिक प्रणाली व्यवस्थापन, मानव तथा पशु कल्याण, तरल फोहर व्यवस्थापन प्रणालीको विकास, तीनकुने जग्गाको मुआब्जाको कार्यान्वयन, उपयोगका आधारमा भवनहरुको वर्गीकरण, समुदाय लक्षित कार्यक्रमहरुको संख्यात्मक वृद्धि, सहरी आचरण, सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन, भवनको अभिलेखन नियमित गर्नुपर्ने, डुवान समाधान, पार्किङ् समाधान, कालोपत्रे सडकमा पार्किङ् नीति, मूर्त अमूर्त सांस्कृतिक सम्पदा बचावटका थप प्रयास, प्राचीन बस्तीका घरहरुको मोहडालाई परम्परागत बनाउने कार्यक्रमको निरन्तरता लगायत विषयमा धारणा राखेका छन् ।

उनीहरुले राखेको धारणा, सुझाव र संशोधन प्रस्तावले महानगरपालिकाको आर्थिक तथा विनियोजन विधेयक तर्जुमा गर्न आधार हुने बताउँदै सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, सभामा राखिएका प्रस्तावहरुलाई कारणका आधारमा संशोधन गरिने प्रस्ताव गरेको थियो । यस वर्षको नीतिमा सुशासन तथा शासकीय प्रबन्ध, सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद, सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि र उपभोक्ता हित क्षेत्र समेटिएका छन् । सोमबार पारित भएको नीतिका आधारमा आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा हुनेछ । यसरी तर्जुमा गरिने बजेट तथा कार्यक्रम नगर सभाको तेस्रो बैठकमा पेश हुनेछ । यसका लागि असार ४ गते दिउँसो ३ बजेका लागि समय तोकिएको छ । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...