सन्तोष साह एक वर्षअघि नै बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भइसकेको खुलासा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०१ असार । सेफ सन्तोषका रूपमा चर्चित सन्तोष साह एक वर्षअघि नै बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भइसकेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार जिल्ला अदालत काठमाडौंले ३० जेठ २०८२ मा साहलाई बैंकिङ कसुर मुद्दामा एक महिना कैद र एक लाख २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
प्रहरीका अनुसार, सेफ सन्तोषसँगै दिलिपकुमार साह, रामहित साह, नारायण साहलाई अदालतले सजाय सुनाएको थियो ।
प्रहरीका अनुसार साहलाई शनिबार अर्को उजुरीका आधारमा जनकपुरबाट पक्राउ गरिएको हो । रेस्टुरेन्ट बिक्री गरेबापतको रकम नदिएको भन्दै सकुन्तला थापा अधिकारीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि अदालतले साहलाई थप अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...