हात्तीको दाह्रासहित ५ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० जेठ । राष्ट्रपति कार्यालय शीतल निवासबाट भदौ २४ गते लुटिएको हात्तीको दाह्रासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। हात्तीको दाह्रा बिक्री वितरण तथा सञ्चय गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५ जनालाई पक्राउ गरेको एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए। प्रहरीले उनीहरूबाट हात्तीका दाह्राका बरामद गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौंको मनमैजु बस्ने राजिब महर्जन, गोरखाका टेकप्रसाद गुरूङ, बसन्तपुर बस्ने आयुष महर्जन, बैतडीका पुरन बोहरा र गोरखाकै सन्तबहादुर भुजेल छन्। प्रहरीले गोप्य सूचना पाएपछि प्रहरी राजिब महर्जनको घरमा पुगेको हो। उनको घरको खाली जग्गामा दात्तीका दाह्रा गाडेर राखेको अवस्थामा फेला परेको हो। उनको कोठामा ट्रामाडोल औषधि १५० वटा क्याप्सुल फेला पारेको हो।
उनीमाथि सोधपुछ गरी प्रहरी पुरन बोहरालाई पक्राउ गरिएको थियो। उनले पनि दुई टुक्रा दाह्रा सन्तबहादुर भुजेलसँग भएको बताएका थिए। उनले भने आनो कोठामा बोराभित्र बेरेर दुई वटा दाह्रा राखेका थिए। उनीहरूबाट बरामद भएको हात्तीका दाह्रा राष्ट्रपति कार्यालय शीतलनिवासबाट भदौ २४ गते लुटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कसुरमा अनुसन्धान गर्ने भएको छ।
जिल्ला प्रहरी परिसर भद्रकाली र डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रुद्रमती नदी सफाइका १२ वर्ष : २ लाख ८७ हजार स्वयमसेवीबाट करिब ७,७६० फोहर संकलन

काठमाडौं, ०४ साउन । बाह्र वर्षदेखि सरसफाइ थालेको रुद्रमती नदीबाट ७ हजार ७६० मेट्रिक टन फोहर संकलन भएको...

भक्तपुरमा छुट्टछुटै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु

भक्तपुर, ०४ साउन । जिल्लामा छुट्टाछुट्टै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु भएकाे छ । सोमबारबार सुर्यविनायक नगरपालिका-८...

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई स्थायी गृहजिल्ला पठाउने तयारी

काठमाडौं, ०४ साउन । काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया...

धादिङमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द

धादिङ, ०३ साउन । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशभर भारी तथा अति भारी वर्षाको सम्भावना...