मिक्स्चर जडित ट्याक्टर दुर्घटना २ काे मृत्यु, १० जना घाइते

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २० जेठ । चाँगुनारायण नगरपालिका-८ कलमसीस्थित मिक्स्चर जडित ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १० जना घाइते भएका छन् । बुधबार साँझ नगरकोटबाट जीतपुरतर्फ आउँदै गरेको ना. ५ त. २८४७ नं. को ढलान गर्ने मिक्सचर जडित ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिदा ट्याक्टरमा १३ जना मध्ये सिन्धुली भिमान नगरपालिका- ५ घरभई काठमाडौं सिनामंगल बस्ने २६ वर्षीय हेमबहादुर नेपाली र भोजपुर दिम्ला नगरपालिका- २ घरभई सिनामंगल बस्ने ३२ वर्षीय विजय राईको मृत्यु भएकाे छ । मिक्स्चर जडित ट्याक्टर दुर्घटनाबाट सख्त घाइते दुवै जनाको उपचारको क्रममा भक्तपुर अस्पताल दुधपाटीमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट १० जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरुमा काभ्रे पाँचखाल नगरपालिका-२ घरभइ काठमाडौं टोखा बस्ने २८ वर्षीय राजन श्रेष्ठ, रामेछाप खाडादेवी गाउँपालिका-२ घरभइ काठमाडौं जडिबुटी बस्ने ३२ वर्षीया सन्तोषी दर्लामी, सप्तरी खडक नगरपालिका-१० घरभइ सिनामंगल बस्ने २२ वर्षीय संजीव सरदार, सप्तरी कमलामाई नगरपालिका-१० घरभइ सिनामंगल बस्ने २६ वर्षीय दिल कुमार पास्वान, सुनसरी इटहरी नगरपालिका-१० घरभई जडिबुटी बस्ने ३५ वर्षीय किरण कुमार चौधरी छन् । त्यसैगरी, भोजपुर देवानटर गाउँपालिका-२ घरभइ काठमाडौं सिनामंगल बस्ने ४५ वर्षीय सानु राई, सप्तरी राजविराज नगरपालिका-२ घरभई सिनामंगल बस्ने ३२ वर्षीया रुबी ठाकुर, ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घरभइ सिनामंगल बस्ने ३० वर्षीया कविता राई, उदयपुर कटारी नगरपालिका-१ घरभई सिनामंगल बस्ने २७ वर्षीय कुमार राउत र मकवानपुर मकवानपुरगढी गाउँपालिका-३ घरभइ काठमाडौं सिनामंगल नै बस्ने ३४ वर्षीय रश्मी वाइवा घाइते छन् ।

ट्याक्टर र चालक सर्लाही हरिवन नगरपालिका-६ घरभई काठमाडौं सिनामंगल बस्ने २४ वर्षीय विरेन्द्र कुमार महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामान्य घाइते महत्तोलाई प्रहरी वृत्त जगातीमा राखेर दुर्घटनाको विषयमा थप अनुसन्धान थालेको भक्तपुर प्रहरी प्रवक्ता डिएसपी प्रकाश जबेगुले जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...