सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर: २५८ जनाको स्वास्थ्य परिक्षण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २० जेठ । सूर्यविनायक नगरपालिका -८  सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  स्थानीय स्वास्थ्य चौकीमा बुधबार एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । वडाध्यक्ष पुष्पराज बस्नेतको विशेष पहलमा आयोजित शिविरमा स्थानीयले घरआँगनमै  विशेषज्ञ सेवा पाएकोमा खुसी प्रकट गरे ।
‘दिगो विकास व्यवस्थित शहर स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सूर्यविनायक नगरपालिका-८ को आयोजना र सिपाडोल स्वास्थ्य चौकीको व्यवस्थापनमा सो शिविर सञ्चालन गरिएको हो ।

वडाअध्यक्ष पुष्पराज बस्नेतका अनुसार, काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुरका विशेषज्ञ चिकित्सकले सेवा दिएको शिविर बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन भएको थियो । शिविरमा जम्मा दुई सय ५८ जनाको स्वास्थ्य परिक्षण तथा उपचार  गरिएको वडाअध्यक्ष बस्नेतले जानकारी दिए ।
विभिन्न रोगका विशेषज्ञ सेवा तथा परीक्षणहरु निःशुल्क रुपमा उपलब्ध गराइएको शिविरमा १०२ जनाले जनरल मेडिसिन,  ९० जनाले हाडजोर्नी तथा नशा,  ७५ जनाले स्त्री रोग र ६० जनाले नाक, कान, घाँटीको उपचार गराएका थिए । त्यसैगरी, ४१ जनाले आँखा रोग,  ३५ जनाले शल्यक्रिया (सर्जरी) सेवा, ३० जनाले दन्त रोग र २० जनाले बाल रोग सेवा लिएको वडाअध्यक्ष बस्नेतले जानकारी दिए । यसका साथै, बिरामीहरुको रोग पहिचानका लागि शिविरमै निःशुल्क ल्याब परीक्षण, भिडियो एक्स(रे तथा ई।सि।जि। सेवा पनि उपलब्ध गराइएको थियो ।  जसअन्तर्गत १०० जनाले भिडियो एक्स(रे, ८७ जनाले ल्याब सेवा र ६३ जनाले ई.सि.जि. सेवा प्राप्त गरेका थिए ।

शिविरमा आएका बिरामीलाई औषधि समेत निःशुल्क वितरण गरिएको थियो । वडा कार्यालय र स्वास्थ्य चौकीले अत्यन्तै सराहनीय कार्य गरेको स्थानीयको भनाई छ । सिपाडोल स्वास्थ्य चौकीका इन्चार्ज पुष्पराज ठाकुरको सक्रियतामा शिविरको व्यवस्थापन र बिरामीलाई सेवा प्रवाह चुस्त र दुरूस्त बनाइएको थियो।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...