सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा आगलागी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ जेठ । सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकभित्रको सवारी शाखामा बुधबार राति आगलागी भएको छ ।  सवारीसाधन पार्क गरेर राखेको ठाउँमा आगलागी हुँदा कम्तीमा ५ वटा गाडी जलेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी जवानको ब्यारेक भवन नजिकै रहेको कार्यालय छेऊमा आगलागी हुँदा अमेरिकाले सहयोग स्वरुप दिएको केही गाडीसमेत जलेका छन् । आगलागी सुरु भएको केही समयमै जानकारी भएलगत्तै नियन्त्रणका लागि दमकल मुख्यालय पुगेको थियो । ‘समयमै नियन्त्रणमा लिन सकेका कारण धेरै क्षति हुन पाएन, नभए आसपासमै महत्वपूर्ण भवनहरू भएकाले धेरै क्षति हुनसक्थ्यो,’ सशस्त्र प्रहरीको भनाइ छ ।

आगलागीको कारण खुलेको छैन । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...