चोरीको मोबाइल किनबेच गर्ने चार जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० जेठ । चोरीका मोबाइल किनबेच गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाको टोलीले ४२ थान मोबाइलसहित चार जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा रौतहटको गौर नगरपालिका-६ का २० वर्षीय रवीन्द्र पासवान, काठमाडौं चाबहिल बस्ने २५ वर्षीय सुजन बस्नेत, धादिङको धुनिबेशी नगरपालिका-६ घर भएका ३३ वर्षीय जनक लामा र सप्तरीको धनगढी नगरपालिका-१ घर भएका ३२ वर्षीय प्रमोद शाह छन् ।
उनीहरुमध्ये पासवान र बस्नेत मोबाइल चोरी गर्ने व्यक्ति रहेको प्रहरीले बताएको छ । लामा चोरीको मोबाइल किन्ने मोबाइल पसल सञ्चालक हुन् । साह भने भन्सार छलीको मोबाइलको लक तोड्ने व्यक्ति रहेको प्रहरीले बताएको छ ।
जेठ १७ गते चावहिल नजिकबाट प्रहरीले पासवनालाई पक्राउ गरेको थियो । उनको साथबाट आईफोन र रेडमी फोन फेला परेको थियो । उक्त फोन पासवानले बस्नेतबाट लिएको बताएका थिए । त्यससपछि सुकेधाराबाट प्रहरीले बस्नेतलाई पक्राउ गरेको थियो । उनको साथबाट पनि इनफिनिक्स र ओप्पो मोबाइल फेला परेको थियो । उनीहरुमाथि अनुसन्धान गर्दा मोबाइल चोरी गरेर लामालाई बेच्ने गरेको खुलेपछि प्रहरीले चोरीका ३५ थान मोबाइलसहित लामालाई पक्राउ गरेको हो ।

विभिन्न कम्पनीमा ३५ थान मोबाइल चोरी तथा भन्सार छलेर भारतबाट ल्याएको खुलेको थियो । सोही पसलबाट अर्का व्यक्ति साहलाई पनि प्रहरीले पक्राउ गरेको थियो । भन्सार छलेर ल्याइएका विभिन्न कम्पनीका ७ थान मोबाइलको लक उनले गरेको र ती ७ थान मोबाइल समेत गरी ४२ थान मोबाइल बरामद गरिएको प्रहरीले बताएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...