कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १३ असार । सूर्यविनायक नगरपालिका-९ भातेढिकुर चोकस्थित छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ करिब १९:४५ बजे उदयपुरको कटारी नगरपालिका-५ घरभई भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुदै पाटन अस्पताल पुर्‍याइएको थियो । उनको राति २३:०० बजे चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ । घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...