चिकित्सकको उपाधि बिनै स्वास्थ्य परामर्श र बिरामी जाँचेको आरोपमा पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ असार । आफूलाई नेपालको पहिलो नेचुरोपेथिक (प्राकृतिक चिकित्सा) विशेषज्ञ दाबी गर्दै सामाजिक सञ्जालमा स्वास्थ्य परामर्श दिँदै आएकी चेतना पौडेल पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पक्राउ गरेको हो ।
चिकित्सकको उपाधि नलिई सो उपाधि प्रयोग गरेको र नेपाल मेडिकल काउन्सिलमा दर्ता नै नभई अवैध रूपमा बिरामीको उपचारमा संलग्न भएको आरोप उनीमाथि लगाइएको छ ।

पौडेलले फेसबुकमा ‘DrChetana Paudel’ नामको पेजमार्फत स्वास्थ्यसम्बन्धी विभिन्न सल्लाह (टिप्स) दिँदै आएकी थिइन् । उनले आफूलाई ‘नेपालको पहिलो नेचुरोपेथिक विशेषज्ञ’ र ‘फङ्सनल मेडिकल विशेषज्ञ’ का रूपमा प्रस्तुत गर्ने गरेकी थिइन् । फेसबुकमा उनका एक लाख २४ हजारभन्दा बढी र टिकटकमा १२ हजारभन्दा बढी फलोअर छन् । चन्द्रागिरि नगरपालिका-८ स्थित ‘स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट’ सञ्चालन गर्दै आएकी पौडेलले अनुमति बिना नै बिरामीलाई आधुनिक चिकित्सा पद्धति (एलोपेथिक) बाट उपचार गर्ने र औषधि सिफारिस गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

नेपाल मेडिकल काउन्सिल, बाँसबारीले गरेको नियमित अनुगमनका क्रममा उनले अवैध रूपमा बिरामी जाँच गर्ने र औषधि पुर्जी (प्रेस्क्रिप्सन) लेख्ने गरेको प्रमाण फेला परेको थियो । त्यसपछि काउन्सिलले कारबाहीका लागि सीआईबीमा उजुरी दिएको थियो । काउन्सिलको उजुरीपछि ब्युरोले प्रारम्भिक अनुसन्धान सकेर मंगलबार काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । मंगलबार नै चन्द्रागिरि-८ बाट पक्राउ परेकी पौडेलमाथि मुलुकी अपराध संहिता, २०७४ को ‘इलाज सम्बन्धी कसुर’ अन्तर्गत थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...