चाँगुनारायण-६ सार्वजनिक सुनुवाइ: धनबहादुर लामा उत्कृष्ट वडाध्यक्ष

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १९ जेठ । चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर लामालाई स्थानीयबासिन्दाले उत्कृष्ट वडाध्यक्षको संज्ञा दिएका छन् । सोमबार चाँगुनारायण नगरपालिकाको सहकार्य, राष्ट्रिय संचार केन्द्र (एनएमसी) नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिका वडा नम्बर ६ को समन्वयमा आयोजित सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रममा स्थानीयबासिन्दाले वडाध्यक्ष लामाले वडाबासीको मन जितेर काम गरेको बताएका हुन् । सार्वजनिक सुनुवाइमा प्रायः जनगुनासा, आलोचना र जनप्रतिनिधिमाथिको प्रश्नको ओइरो लाग्ने गरेको छ । तर, चाँगुनारायण-६ मा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा भने फरक दृश्य देखिएको छ । यहाँ जनप्रतिनिधिमाथि प्रश्नभन्दा बढी प्रशंसा सुनिएको छ ।

कार्यक्रममा सहभागी स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाले वडाध्यक्ष लामाको कार्यशैलीप्रति खुलेर प्रशंसा व्यक्त गरेका छन् । कार्यक्रममा वडाध्यक्ष लामालाई चाँगुनारायण-६ का मात्र नभई, समग्र नगरकै एक सर्वमान्य र सर्वस्वीकार्य वडाध्यक्षका रूपमा चित्रित गरिदिएको छ । कार्यक्रममा स्थानीयबासिन्दाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन, वन संरक्षण, सार्वजनिक सम्पत्ति व्यवस्थापन लगायतका विषयमा केही प्रश्न र सुझाव प्रस्तुत गरे । तर, ती प्रश्नहरूमा पनि आक्रोश वा असन्तुष्टि भन्दा समाधानको अपेक्षा बढी देखियो । अन्य सार्वजनिक सुनुवाईमा जस्तै जनप्रतिनिधिमाथि तीखा आरोप वा कटाक्षहरू सुनिएनन् ।

झन् रोचक पक्ष त के रह्यो भने विभिन्न राजनीतिक दलका स्थानीय नेतृत्वकर्ताहरूले समेत वडाध्यक्ष लामाको खुलेर प्रशंसा गरे । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) प्रतिनिधिहरूले फरक–फरक राजनीतिक विचार बोके पनि वडा सञ्चालनमा लामाले देखाएको समन्वयकारी नेतृत्व, जनमैत्री व्यवहार र विकासप्रतिको प्रतिबद्धताप्रति एउटै धारणा व्यक्त गरे । झनै उनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्षले तारिफ नगर्ने त कुरै भएन ।
उनीहरूले वडाध्यक्ष लामालाई ऊर्जाशील, जनपक्षीय, सर्वपक्षीय र समन्वयकारी नेतृत्व भएको भन्दै वडा सरकारको सीमित अधिकार र स्रोतका बाबजुद उल्लेखनीय काम गर्न सफल भएको बताए । जनताको विश्वास जित्नु नै जनप्रतिनिधिको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गर्दै उनीहरूले वडाध्यक्ष लामाले त्यो सफलता हासिल गरेको धारणा राखे ।

कार्यक्रममा वडा सचिव राजेन्द्र गणेशले प्रस्तुत गरेको प्रगति विवरणअनुसार चालु आर्थिक वर्षमा स्वीकृत १०० योजनामध्ये ६२ वटा सम्पन्न भइसकेका छन् भने ३८ वटा कार्यान्वयनको चरणमा छन् । सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, महिला तथा बालबालिका सशक्तीकरण, ज्येष्ठ नागरिक हित, खेलकुद तथा पूर्वाधार विकासका क्षेत्रमा वडाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

वडाध्यक्ष धनबहादुर लामाले विकास र सुशासनलाई सँगसँगै अघि बढाउने प्रयास गरेको बताउँदै नगरकोटको समृद्धि जनप्रतिनिधि र जनताको साझा सहकार्यबाट मात्र सम्भव हुने धारणा व्यक्त गरे । उनले सीमित स्रोतसाधनका बीच पनि जनभावनाअनुसार काम गर्ने प्रयास जारी रहेको बताए ।
<span;>उनका अनुसार तीनै तहका सरकारको सहकार्यमा वडामा वार्षिक करिब २० करोड रुपैयाँ बराबरका भौतिक तथा सामाजिक विकासका कार्यक्रम सञ्चालन भइरहेका छन् । नगरकोटको पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा विस्तार, वनलाई पर्यटनसँग जोड्ने योजना तथा स्थानीय उत्पादनको प्रवद्र्धनमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा नगरकोट प्रहरी प्रभागका प्रमुख शिव थपलियाले समेत जनप्रतिनिधि र प्रहरीबीच उत्कृष्ट समन्वय रहेको उल्लेख गर्दै नगरकोट क्षेत्रमा शान्ति सुरक्षा सुदृढ रहेको बताए । समस्या आएको केही मिनेटभित्रै प्रहरी परिचालन गरी समाधान गर्ने अभ्यास स्थापित भएको उनको भनाइ थियो ।
सार्वजनिक सुनुवाईको समापनतिर पुग्दा कार्यक्रमको मुख्य निष्कर्ष स्पष्ट देखिन्थ्यो, चाँगुनारायण–६ मा विकासका सबै काम सम्पन्न भइसकेका छैनन्, चुनौतीहरू अझै बाँकी छन्, तर नेतृत्वप्रति नागरिकको विश्वास भने मजबुत छ । राजनीतिक दलहरूबीच प्रतिस्पर्धा भए पनि वडाध्यक्ष धनबहादुर लामाको कार्यशैलीप्रति देखिएको साझा सम्मान र समर्थनले उनलाई वडाभित्र ‘सर्वमान्य वडाध्यक्ष’ का रूपमा स्थापित गरेको अनुभूति कार्यक्रमभरि गर्न सकिन्थ्यो । पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार र क्रियाशील पत्रकार संघका अध्यक्ष रमेस गिरीले पनि वडा अध्यक्ष तामाङ वडामा सर्वमान्य रहेको निश्कर्ष निकालेका थिए ।
संस्थाका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरे । संस्थाका सल्लाहकार दिवस गुरागाईंले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने सचिव हेमराज ढकालले कार्यक्रम सञ्चालन गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

सामान्य बिरामीलाई आकस्मिक उपचार गराए भुक्तानी हुँदैन : स्वास्थ्य बिमा बोर्ड

काठमाडौं, १९ जेठ । स्वास्थ्य बिमा बोर्डले सामान्य बिरामीलाई आकस्मिक उपचार गराए त्यसमा भुक्तानी नगरिने जनाएको छ। सोमबार...

पश्चिमी वायु कमजोर बन्दै

काठमाडौं, १९ जेठ । पश्चिमी वायुको प्रभाव कमजोर बन्दै गएसँगै गर्मी बढेको छ । मधेश तथा कोशी प्रदेशका...

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...