भक्तपुरमा स्वीप अपरेशन : मसाज सेन्टरबाट ६४ सहित ७९ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २६ वैशाख । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा ७९ जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमी र प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले शुक्रबार भक्तपुरका विभिन्न क्षेत्रमा अपरेशन सञ्चालन गरेको हो ।
प्रहरीका अनुसार जिल्लाभित्र सञ्चालनमा रहेका मसाज सेन्टरमा काम गर्ने ४२ जना महिला र २२ जना पुरुष गरी ६४ जनालाई नियन्त्रणमा लिइएको छ । साथै अन्य १५ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी प्रकाश जबेगुले जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...