नेपाली नागरिकलाई युक्रेन भ्रमण नगर्न आग्रह

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ वैशाख । नेपाली दूतावासले रुस-युक्रेन तनावको पछिल्लो अवस्थालाई दृष्टिगत गर्दै नेपाली नागरिकलाई युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ। दूतावासले अत्यन्त जरुरी सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म युक्रेन जाने योजना स्थगित गर्न अनुरोध गरेको हो। साथै, युक्रेनमा रहेका नेपाली नागरिकलाई यथाशीघ्र सुरक्षित रूपमा नेपाल फर्किन पनि आग्रह गरिएको छ।
सूचनामा भनिएको छ, ‘रुस तथा युक्रेनबीचको तनावको पछिल्लो घटनाक्रमलाई दृष्टिगत गर्दै कुनै पनि प्रयोजनका लागि युक्रेन भ्रमण गर्न लाग्नुभएका नेपाली नागरिकहरूलाई अर्को सूचना जारी नहुँदासम्मका लागि त्यस्तो भ्रमण स्थगित गर्नुहुन अनुरोध गरिन्छ।’
दूतावासले युक्रेनमा रहेका नेपालीलाई आवश्यक सहयोगका लागि सम्पर्कमा रहन पनि अनुरोध गरेको छ। सहयोग आवश्यक परेमा बर्लिनस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवलाई सम्पर्क गर्न सकिने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...