गजल

Date:

Share post:

Suryabinayak Nagarpalika

श्याम लामा

भत्काएपछि टहरा ,कहाँ जाओस् त
बोकेर कुम्लो विचरा ,कहाँ जाओस् त |

नभएरै केही नदी ,तटमा बसेका हुन्
नभए सिँ आफ्नै धरा ,कहाँ जाओस् त |

चेपमा उम्रेको पीपल ,चेपमै च्यापियो
फैलाउन पाएन जरा ,कहाँ जाओस् त |

उसकै छातीमा टेकेर , न्याय माग्छन् सबै
न्यायकै लागि कठघरा ,कहाँ जाओस् त |

भरेर देऊ है ए गाग्री !,घमण्ड नगरी
तिम्रैमा आउँछे अम्खरा ,कहाँ जाओस् त |

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...