सुकुम्बासी बस्तीमा डोजर : काठमाडौंमा शान्तिपूर्ण, भक्तपुरमा अवरोध

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ वैशाख । काठमाडौंको थापाथली, शान्तिनगर र गैरीगाउँमा शान्तिपूर्ण रूपमा सुकुम्बासी बस्ती खाली गरिएकाे छ । भक्तपुरको मनोहरामा भने डोजर लगाउने क्रममा स्थानीयले अवरोध गरेका छन् ।
झडप हुँदा प्रहरी वृत्त थिमी प्रमुख डीएसपी नवराज ढुंगानासहित १४ जना घाइते भएका छन् । घाइते हुनेमध्ये ८ प्रहरी, ५ सशस्त्र प्रहरी र एक जना फोटो पत्रकार कमल प्रसाईं छन् । अनलाइनखबर डटकमका फोटो पत्रकार उनलाई फोटो खिच्दा स्थानीयले आक्रमण गरेका थिए । ‘केही पक्की घर र टहरा भत्काउन खोज्दा अवरोध भयो,’ भक्तपुर प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले भने, ‘बेलुकी पनि भएकाले आइतबार बिहानदेखि फेरि सुरु गर्ने गरी फर्किएका छौं ।’ कागेश्वरी मनोहरा-८ र ९ मा ९० घरपरिवार अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।
शुक्रबार बिहान ६ बजेदेखि थापाथलीमा सुरु सुकुम्बासी बस्ती खाली गर्ने अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भयो । विगतमा थापाथलीस्थित सुकुमवासी बस्तीमा झडप र प्रदर्शन हुने गरेको भए पनि यस पटक कुनै अप्रिय घटना भएन । विगतको पृष्ठभूमिलाई ध्यान दिएर प्रहरीले थापाथलीमा सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिएको थियो । शुक्रबार बेलुकी मात्र सीसी टीभीसमेत जडान गरिएको थियो ।
थापाथली र गैरीगाउँ दुवै ठाउँमा रहेका सुकुमवासी बस्तीका नागरिकले प्रशासनको निर्णयलाई सहयोग गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वराज पौडेलले बताए ।
शनिबार रातीसम्म थापाथली, गैरीगाउँ र शान्तिनगरमा बसोबास गरिरहेका १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् । बस्तीहरुमा कोही छुटेका छन् कि भनी खोजी तथा उद्धार कार्यलाई समेत जारी राखिएको जनाएको छ ।सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशाला पुर्‍याएर विवरण सङ्कलन गरिएको छ । उनीहरूलाई तत्कालका लागि काठमाडौंको कीर्तिपुरमा रहेको राधास्वामी सत्संग व्यास आश्रम र  विभिन्न होटलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ । घरायसी सामानहरू रंगशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा छुट्टाछुट्टै स्थान तय गरी सुरक्षित रूपमा भण्डारण गरिएको छ ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदनअनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४ सय ९६ घरधुरी अव्यवस्थित बसोबासी छन् । तीमध्ये काठमाडौं महानगरभित्र २ हजार २ सय ४५, कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १ सय ५६, ललितपुर महानगरभित्र १७ र मध्यपुर थिमी नगरपालिकामा ७ सय ७३ परिवार छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...