ठेक्का प्रणालीको विवरण हेरफेरको आरोपमा थप २ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ वैशाख । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्का विवरण हेरफेर गरेको घटनाको अनुसन्धानका लागि थप दुई जना पक्राउ परेका  छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) का प्रवक्ता एसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेमा स्वेदश पोखरेल र प्रकाश ढुंगाना रहेका छन् । पोखरेल इन्कोन प्रालिका शेयरधनी एवं लेखापाल हुन् भने ढुंगाना कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक हुन् ।
पोखरेललाई शनिबार र ढुंगानालाई आइतबार पक्राउ गरिएको एसपी श्रेष्ठले जानकारी दिए । विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्त गरेको उनीहरूमाथि आरोप छ ।

यसअघि यसै प्रकरणमा पूर्वमन्त्री एवं राप्रपाका नेता विक्रम पाण्डेसमेत पक्राउ परेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...