शनिबार साँझसम्म ६८ सुकुम्बासी परिवारको लगत संकलन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ वैशाख । शनिबार साँझसम्म ६८ सुकुम्बासी परिवारको लगत संकलन भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार घरबारबिहीन तथा भूमिहीन व्यक्तिहरुलाई दशरथ रंगशालामा ल्याएर तथ्याङ्क संकलन भइरहेको छ । शनिबार साँझ ०६:१५ बजेसम्ममा ६८ परिवारको लगत संकलन भइसकेको छ । उनीहरुमध्ये ३४ परिवार १४१ लाई सुन्दरीघाट स्थित राधास्वामी सत्संग आश्रममा पठाइसकिएको महानगरले जनाएको छ ।
लगत संकलनसँगै १८ जनालाई आधारभूत स्वास्थ्य सेवासमेत प्रदान गरिएको जनाएको छ।

नदी किनारामा सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका बस्ती खाली गराउने क्रममा बागमती नदी खण्डको थापाथली क्षेत्रको बस्ती खाली गराइ सकिएको छ । यस्ता अनधिकृत बस्ती खाली गराउन बिहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो । यसरी जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले घर टहरा खाली गराइसकेको थियो । शनिबार बिहान ८ बजेबाट संरचना हटाउन थालिएको थियो ।
थापाथलीका संरचना खाली गरिसकेपछि मध्यान्नपछि गैरीगाउँका संरचना हटाउन थालिएको थियो ।
महानगरपालिकाका अनुसार आइतबार मनोहरासहित अन्य क्षेत्रका अव्यस्थित बस्तीहरु खाली गराउने क्रम जारी रहनेछ । उक्त क्षेत्रमा करिब ८० प्रतिशतले आफैँ बस्ती छोडेर हिँडेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार मनोहरा क्षेत्रको नदी किनारामा संरचना बनाएर बस्नेमध्ये करिब ८० प्रतिशत बासिन्दाले आफ्नो सामानसहित बस्ती छाडिसकेका छन् । बाँकी रहेका परिवारले पनि आफ्ना सामान ओसार्ने कार्य जारी राखेका छन् । मनोहरा बस्तीमा ७७७ घरटहरामा करिब एक हजार ६०० भन्दा बढी मानिस बसोबास गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...