निजी तथा गैरसरकारी अस्पतालमा १० प्रतिशत शय्याबाट विपन्नको उपचार नि:शुल्क गर्न बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको निर्देशन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २४ चैत । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेश सरकार अन्तर्गत रहेका सबै निजी तथा गैर सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कम्तीमा १० प्रतिशत शय्या नि:शुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ । सोमबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरेको छ ।
बागमती प्रदेश सरकार, प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ को उपदफा (६) बमोजिम “हरेक अस्पतालले सामाजिक सेवा इकाई स्थापना गरी सो अस्पतालको कुल शैया संख्याको कम्तीमा १० प्रतिशत शैयामा बेवारिसे, अति गरिब, विपन्न, अपाङ्गता भएका विपन्न तथा असहाय व्यक्तिहरूलाई निःशुल्क रुपमा राखी आवश्यक सेवा, औषधि तथा उपचार उपलब्ध गराउने तथा सो सम्बन्धी सम्पूर्ण खर्च सम्बन्धित अस्पताल स्वयंले व्यहोर्नु पर्ने” कानूनी व्यवस्था रहेको र उक्त प्रावधानको कार्यान्वयन अवस्था सन्तोषजनक नरहेको भनि गुनासाे प्राप्त भएको भन्दै निर्देशन जारी गरेको जनाएको छ । उक्त कानूनी व्यवस्थाको अक्षरशः पालना गर्न/गराउन तथा तोकिएको प्रतिशतमा लक्षित वर्गलाई सेवा उपलब्ध गराउन सम्बद्ध सबै अस्पतालहरुलाई आदेशानुसार निर्देशन दिएको छ। साथै, उक्त व्यवस्थाको कार्यान्वयन सम्बन्धी प्रगति विवरण नियमित रुपमा मन्त्रालयमा पेश गर्न समेत अनुरोध गरेको छ ।

निर्देशनको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौंडा तथा सम्बन्धित निकायलाई समेत पठाइएको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले अब बागमती प्रदेश सरकारले विपन्न र असहाय नागरिकका लागि निजी अस्पतालमा नि:शुल्क उपचार सुनिश्चित गरेको दाबी गरेका छन् । प्रत्येक निजी तथा सामुदायिक अस्पतालमा लक्षित वर्गका लागि १०%  शय्या सुरक्षित भएकाे उनकाे भनाइ छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...