लागू औषध कारोबारीलाई गोली चलाएर पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २४ चैत । प्रहरीले गौशालामा मंगलबार मध्यराति गोली चलाएर चार जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्, अरु पक्राउ परेका छन् । घाइते हुनेमा भारतीय नागरिक अनिलकुमार पासवान छन् । वीर अस्पतालको ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ ।
पक्राउ पर्ने अन्यमा रामबहादुर भुजेल, कृष्णकुमार शाह, मोहम्मद हसन रहेको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका प्रमुख एसएसपी कृष्ण कोइरालाले बताए । विशेष सूचनाका आधारमा नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको उनले बताए । उनीहरुका बारेमा विस्तृत विवरण संकलन गर्ने काम भइरहेको उनले बताए ।

सोमबार रुपन्देहीमा समेत दुई लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...