‘गन्तव्य मध्यपुर’ शुभारम्भ

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २३ चैत । मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने उद्देश्यले ‘गन्तव्य मध्यपुर’ शुभारम्भ गरेको छ । नयाँवर्षसँगै बिस्का: जात्रा-२०८२ लाई लक्षित गरी बाजागाजा, स्थानीय संस्कृति, हस्तकला तथा मौलिक परिकारको प्रवर्द्धनको कार्यक्रमका साथ चैत २८ गते (शनिबार) देखि  ‘गन्तव्य मध्यपुर’ को शुभारम्भ गर्ने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए। सोमबार पत्रकार सम्मेलनमार्फत नगरप्रमुख श्रेष्ठले ‘गन्तव्य मध्यपुर’ लाई अभियानको रुपमा लैजाने योजना रहेको बताएका छन्। त्यसका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरेको पनि जानकारी दिए ।

मध्यपुर थिमिका ऐतिहासिक, सांस्कृतिक तथा परम्परागत सम्पदाले सम्पन्न नगर भएकाले यसलाई पर्यटकीय नगरका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रमहरू ल्याइएको नगरप्रमुख बताउँछन् । विशेषगरी बिस्का: जात्रा, परम्परागत बाजागाजा, स्थानीय संस्कृति, हस्तकला तथा मौलिक परिकारको प्रवर्द्धनमा जोड दिइएको उनले बताए ।

नगरपालिकाका अनुसार चैत २८ गते शंखधर चोक थिमिमा स्थानीय उत्पादन तथा हस्तकला प्रवर्द्धन तथा बिक्री केन्द्रको उद्घाटन,  चैत २८ गते नै निगु पुखु (दुई पोखरी) मा खुल्ला धिमेबाजा प्रतियोगिताको उद्घाटन, चैत २८ र २९ गते दुई दिने घरेलु तथा साना उद्योगसँगको सहकार्यमा स्थानीय रैथाने घरेलु उत्पादन बिक्री तथा मेला र स्थानीय परिकारको कार्यक्रम निगु पुखु दुई पोखरीमा, चैत २९ गते नै दुई पोखरीमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म साँंस्कृतिक कार्यक्रम हुने जानकारी नगरपालिकाले गरेको छ । साथै चैत ३० देखि वैशाख २ गतेसम्म बिस्का: जात्रा मनाइने र वैशाख २ गते बोडेमा प्रसिद्ध जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिने जानकारी समेत नगरप्रमुख श्रेष्ठले गराएका छन् ।

नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण, युवालाई रोजगारी सिर्जना तथा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले कार्यक्रमहरू आयोजना गरिएको जनाएको छ । साथै, यसवर्षको बिस्का: जात्रालाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन विशेष तयारी गरिएको उनले बताए ।
पत्रकार सम्मेलनमा नगरपालिकाले विभिन्न सरोकारवाला निकाय, स्थानीय समुदाय तथा व्यवसायीसँग सहकार्य गर्दै कार्यक्रम सफल बनाउन सबैको सहयोग अपेक्षा गरेको जनाएको छ । पत्रकार सम्मेलनमा नगरउप-प्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...