स्वास्थ्य सेवा नागरिकको अधिकार  हो: स्वास्थ्य मन्त्री थापा

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, २३ चैत । सिन्धुलीको फिक्कल गाउँपालिकामा नवनिर्मित फिक्कल आधारभूत अस्पतालको उद्घाटन गरिएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले एक विशेष समारोहका बीच अस्पतालको उद्घाटन गरेका हुन् । अस्पतालको उद्घाटन गर्दै मन्त्री थापाले स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनु राज्यको दायित्व मात्र नभई यो नागरिकको आधारभूत आवश्यकता भएको बताएका छन् । ‘दुर्गम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि पनि टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध छ’, उनले भने, ‘स्वास्थ्य सेवा केबल पहुँचको विषय मात्र होइन, यो गुणस्तरीय र भरपर्दो हुनुपर्छ ।’

भौतिक पूर्वाधारले मात्रै स्वास्थ्य सेवा पूर्ण नहुने उल्लेख गर्दै मन्त्री थापाले भवनसँगै दक्ष जनशक्ति, आधुनिक प्रविधि र आवश्यक उपकरणहरूको समुचित व्यवस्थापनमा जोड दिँदै स्थानीय तहसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। बदलिँदो समयको मागअनुसार सशक्त, पहुँच योग्य र गुणस्तरीय स्वास्थ्य सेवा निर्माणमा बागमती प्रदेश सरकार दृढ रहेको मन्त्री थापाको भनाइ छ।

१५ शय्याको अस्पताल सञ्चालनमा आएसँगै फिक्कल गाउँपालिका र आसपासका क्षेत्रका बासिन्दाले अब आफ्नै घरदैलोमा आकस्मिक सेवा, प्रसूति सेवा र आधारभूत उपचार पाउनेछन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...