सांसद रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ चैत । जिल्ला अदालत काठमाडौंले लुम्बिनी प्रदेशसभाकी सांसद रेखा शर्मालाई हिरासतमुक्त गर्नु भनी आदेश जारी गरेको छ । घरेलु कामदारलाई यातना दिई दास बनाएर राखेको अभियोग यसअघि नै पुष्टि नहुने निर्णय भइसकेको भन्दै हिरासतमुक्त गर्ने आदेश गरेको छ । न्यायाधीश जगतबहादुर पौडेलको इजलासले २०८२ जेठ १६ गते महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको र उक्त निर्णय कानुन सम्वत नै भएको भन्दै थप थुनामा राख्न अस्वीकार गरेको हो ।

लुम्बिनी प्रदेश सांसद रेखा शर्मा चैत १६ गते पक्राउ परेकी थिइन्न् । एमालेबाट निर्वाचित उनी काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेकी थिइन् । उनीमाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरूद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जिल्ला अदालत म्याद थपका लागि पेश गरेको थियो । केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो ।

ती बालिकाबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले २९ माघ २०८१ मा आफ्नो फेसबुक वालमा ‘सरी नानु ! तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनू । समय आउनेछ’ भनेर लेखेका थिए । साथै उनले ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नुपर्छ’ भन्ने पनि उल्लेख गरेका थिए ।
तर, जिल्ला अदालतले मिसिल संलग्न कागजात हेर्दा पीडितको पढाइ निरन्तर रहेको र संरक्षकको भूमिका निभाएको भन्दै हिरासत मुक्त गर्न आदेश दिएको हो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...