भक्तपुरमा बर्ड फ्लू पुष्टि, नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २१ चैत । भक्तपुर नगरपालिकाले बर्ड फ्लू सम्बन्धी सूचना जारी गर्दै नगरबासीलाई सतर्क रहन आग्रह गरेको छ। वडा नं. ८ स्थित महेश्वरी पीठ क्षेत्रमा ठूलो संख्यामा कागहरू मृत अवस्थामा फेला परेपछि नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो।

प्रयोगशालाको नतिजाअनुसार मृत कागहरूमा एच९ भेरियन्टको बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। उक्त भेरियन्ट कुखुरा लगायत अन्य पन्छीहरूमा सजिलै सर्न सक्ने र संक्रमित पन्छीसँगको प्रत्यक्ष सम्पर्क, पन्छीजन्य पदार्थ, दाना तथा ढुवानीका साधनमार्फत फैलिन सक्ने बताइएको छ।

नगरपालिकाका अनुसार यो भेरियन्टले मानव स्वास्थ्यमा प्रत्यक्ष असर नगर्ने भए पनि पन्छीपालन क्षेत्रमा जोखिम बढाउन सक्छ। त्यसैले किसान तथा व्यवसायीहरूलाई आफ्ना पन्छीहरू सुरक्षित राख्न, आवश्यक सतर्कता अपनाउन र कुनै असामान्य अवस्था देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।
साथै, सार्वजनिक स्थानमा मृत पन्छी फेला परेमा आफैंले नछुने र सम्बन्धित निकायलाई खबर गर्न पनि नगरपालिकाले आग्रह गरेको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...