थवाङ रोल्पामा प्रगतिशील सांस्कृतिक उत्सव आयोजना हुने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौँ, ९ वैशाख । नेपाल सङ्गीत तथा नाट्या प्रज्ञा–प्रतिष्ठानद्वारा ‘प्रगतिशील सांस्कृतिक उत्सव-२०८३’ आयोजना गरिने भएको छ । रोल्पा जिल्लाको थवाङ गाउँपालिकामा यही बैशाख  १९ र २० गते उत्सव आयोजना हुने प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले जानकारी दिइन् ।
मङ्गलबार नक्सालस्थित प्रज्ञा-प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उत्सवको संयोजक समेत रहेका सदस्य सचिव महराले उत्सवमार्फत् सामाजिक चेतना अभिवृद्धि, सांस्कृतिक एकता सुदृढीकरण तथा सिर्जनशील अभिव्यक्तिलाई राष्ट्रिय पहिचानसँग जोड्ने दाबी गरिन् ।
प्रज्ञा-प्रतिष्ठानको तर्फबाट पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको उत्सवले समाजमा विद्यमान असमानता, विभेद, अन्याय तथा कुरीतिहरुविरुद्ध सचेतना फैलाउने तथा समानता, समावेशिता र सहअस्तित्वको सन्देश प्रवाह गर्ने पनि लक्ष्य राखिएको छ ।
पत्रकार सम्मेलनमा प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले आजको दिन आउनुमा अघिल्ला पुस्ताहरुले गरेको बलिदानबारे नयाँ पुस्तालाई थाहा दिन आवश्यक रहेको बताइन् । समाज परिवर्तनमा अघिल्ला पुस्ताका संंस्कृतिकर्मीको योगदानप्रति नतमस्तक हुनुपर्नेमा ‘खोलो तर्यो लौरो बिर्स्यो’ प्रवृत्ति हाबी रहेकोले यो उत्सवले ऐतिहासिक पृष्ठभूमिको आत्मसात् गर्ने विश्वास व्यक्त गरिन् ।
उपकुलपति शम्भू राईले समाजलाई बिगार्ने बाहेक सबै खाले गीतसङ्गीत प्रगतिशील हुने धारणा व्यक्त गरेका छन् । समाज परिवर्तनका लागि नै भनेर गीतसङ्गीतमा जीवन समर्पण गरेका कलाकारका इतिहासलाई सम्झन यो उत्सव महङ्खवपूर्ण अवसर भएको बताए।
देशभरका प्रगतिशील गीतसङ्गीतका अग्रज कलाकार, उदयीमान प्रतिभा, सांस्कृतिक समूह, शोधकर्ता, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण दर्शकको उल्लेखनीय सहभागी रहने उत्सव दुई दिनसम्म आयोजना हुने छ । उत्सवको सहआयोजकमा रोल्पा साहित्य-कला प्रतिष्ठान र मूल व्यवस्थापन थवाङ गाउँ पालिका रहेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...