रवि लामिछानेको सांसद पद निलम्बनको माग सहित सर्वोच्चमा रिट

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बनको माग राख्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता आयुश बडालले निवदेन पेस गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार रिट दर्ता गर्ने कि नगर्नेबारे अध्ययन भइरहेको छ । सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा विचाराधीन रहेका लामिछानेको सांसद पद निलम्बन हुनुपर्ने र प्रतिनिधिसभाको बैठकमा भाग लिन नपाउने दाबी रिटमा गरिएको छ । निलम्बन हुनुपर्ने लामिछानेले संसद् बैठकमा भाग लिने कार्य गरिरहेकाले अन्तरिम आदेश जारी निलम्बनमा राख्नु भन्ने आदेशको माग रिटमा गरिएको छ ।

सर्वोच्च प्रशासनले उक्त रिट दर्ता हुने कानुनी आधार देखेमा दर्ता गर्नेछ भने नदेखेमा दरपीठ गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...