कांग्रेसले टुंग्यायो २० जना समानुपातिक उम्मेदवार

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २ चैत । कांग्रेसले समानुपातिकतर्फ निर्वाचित हुने २० जना उम्मेदवारको सूची टुंग्याएको छ । महामन्त्री प्रदीप पौडेलले समानुपातिकतर्फ कांग्रेसले पाउने सीटमा सबैको नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरिएको जानकारी दिएका छन् । यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २० जना उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा नाम पठाइए पनि केही समूहमा महिला वा पुरुष पठाउने भन्ने टुंगो लागेको थिएन ।

स्रोतका अनुसार आदिवासी जनजाति (२८.७ प्रतिशत)  तर्फबाट पुरुषबाट भिष्मराज आङ्देम्बे (पुरुष) , मदनकृष्ण श्रेष्ठ (अपांग), महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा सिफारिस भएका छन् ।
त्यसैगरी, खसआर्यमा (३१.२ प्रतिशत) मा पुरुषतर्फ अर्जुननरसिंह केसी (पुरुष), कालीबहादुर सहकारी (पुरुष), महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया छन् ।
थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार, दलितबाट दलित (१३.८ प्रतिशत) हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्मा सिफारिस भएका छन् । मधेसी कोटाबाट (१५.३ प्रतिशत) चन्द्रमोहन यादव (पुरुष), निनुकुमारी कर्ण र रेखाकुमारी यादव छन् भने मुस्लिम कोटा (४.४ प्रतिशत) बाट साहजान खातुन सिफारिस भएका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...