भक्तपुर, २२ फागुन । भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ र २ दुवै क्षेत्रमा दोब्बर मतान्तरसहित रास्वपाले अग्रता लिएको छ । नेमकिपाकाे गढ भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जितले ६ हजार ६७२ मत सहित अग्रता लिएका छन् भने, नेमकिपाका प्रेम सुवालले ३ हजार ४६३ मत प्राप्त गरेका छन् । उनीहरुको मतान्तर ३ हजार २०९ रहेको छ ।
यस क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले १ हजार १३२ मत, नेकपा एमालेका सोमप्रसाद मिश्रले ५७६ मत, राप्रपाका भरत बहादुुर खड्काले ३९३ मत पाएका छन् । उक्त क्षेत्रमा ७८ हजार २७२ मत खसेको छ ।
त्यसैगरी, भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार राजीव खत्रीले २ हजार २२९ मतान्तरसहित अग्रता लिएका छन् । खत्रीले ४ हजार ४८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार महेश बस्नेतले १ हजार ८१९ मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेस उम्मेदवार कबिर रानाले ८२६, नेकपाका रामप्रसाद सापकोटाले १२१, नेमकिपाका रमेश वैद्यले १८७, राप्रपाका विक्रम थापाले १०६, श्रम संकृति पार्टीका अर्जुन बासुले १०० र उज्यालो नेपाल पार्टीका जित राम लामाले ८६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ७२ हजार ५ मत खसेको छ ।




