बागमती प्रादेशिक अस्पतालहरुलाई विशेष तयारीमा रहन निर्देशन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० फागुन । प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशले सम्भावित तथा अनपेक्षित घटनाहरूको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न विशेष तयारीका लागि निर्देशन जारी गरेको छ। मन्त्रालयले प्रदेशका सबै १३ वटै प्रादेशिक अस्पताल तथा सम्बन्धित निकायलाई निर्वाचन अवधिभर २४ सै घण्टा तयारी अवस्थामा रहन आग्रह गरेको हो । सोअनुसार प्रत्येक अस्पतालमा Election Medical Task Force गठन गरी आवश्यक जनशक्ति, औषधि, उपकरण तथा आपतकालीन सेवा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

निर्वाचनसँग सम्बन्धित हुन सक्ने कुनै पनि अनपेक्षित घटनाबाट घाइते हुने व्यक्तिहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशले निर्वाचन अवधिभर स्वास्थ्य सेवा प्रभावकारी, सुलभ तथा गुणस्तरीय रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सबै स्वास्थ्य संस्थालाई सतर्कता अपनाउन आग्रह गरिएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए । निर्वाचनसँग सम्बन्धित हुन सक्ने कुनै पनि अनपेक्षित घटनाबाट घाइते नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरेको समेत मन्त्री थापाले बताएका छन् । ‘बागमती प्रदेश सरकार नागरिकको जीवन र स्वास्थ्य सुरक्षाप्रति पूर्ण रूपमा प्रतिबद्ध छ,’ उनले भने, ‘निर्वाचन अवधिभर स्वास्थ्य सेवा प्रभावकारी, सुलभ र गुणस्तरीय रूपमा उपलब्ध गराइनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु। स्वस्थ, सुरक्षित र मर्यादित निर्वाचनका लागि सबैमा सहयोगको अपेक्षा गर्दछु ।’

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...