सुडालमा भएको कार दुर्घटनाका घाइते ३ जनाको मृत्यु

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १९ फागुन । भक्तपुर सुडालमा सोमबार भएको कार दुर्घटनाका घाइते ३ जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा.५ च ७८८१ नम्बरको कार सोमबार दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनाबाट सख्त घाइते काठमाडौं महानगरपालिका-३२ जडिबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सख्त घाइते योगेन्द्र र सुरेन्द्रको उपचारको क्रममा सोमबार मध्यपुर अस्पतालमा र कृष्णमायाको मङ्गलबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी प्रकाश जबेगुले जानकारी दिए । ब्रेेक फेल भएर कार दुर्घटना हुँदा ५ जना घाइते भएका थिए । घाइते २ जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कपडाको स्वरूपमा ल्याएको ४ किलो २५८ ग्राम कोकेन सहित २ विदेशी पक्राउ

काठमाडौं, ०४ साउन । लिक्वीट कोकेनलाई सिलिकनमा मिसाई कपडाको आकार स्वरुपमा लागुऔषध कोकिन तस्करी गरेको आरोपमा प्रहरीले दुई...

रुद्रमती नदी सफाइका १२ वर्ष : २ लाख ८७ हजार स्वयमसेवीबाट करिब ७,७६० फोहर संकलन

काठमाडौं, ०४ साउन । बाह्र वर्षदेखि सरसफाइ थालेको रुद्रमती नदीबाट ७ हजार ७६० मेट्रिक टन फोहर संकलन भएको...

भक्तपुरमा छुट्टछुटै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु

भक्तपुर, ०४ साउन । जिल्लामा छुट्टाछुट्टै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु भएकाे छ । सोमबारबार सुर्यविनायक नगरपालिका-८...

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई स्थायी गृहजिल्ला पठाउने तयारी

काठमाडौं, ०४ साउन । काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया...