काठमाडौंमा अपहरण गरी बन्धक बनाउने होटेल सञ्चालकसहित तीनजना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ फागुन । काठमाडौंमा अपहरण गरी बन्धक बनाएर राख्ने तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१२ टेकुस्थित रोडलाइन प्यालेस होटेलमा पूर्णबहादुर बोहरालाई बन्धक बनाई कुटपिट गरी घाइते बनाई राख्ने तीनजना मंगलबार पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर-५ का फपेन्द्र न्यौपाने,  कास्की माछापुच्छ्रे-७ का शिवबहादुर घर्ती र जुम्लाको तिला गाउँपालिका-८ का धनराज बस्नेत छन् । शिवबहादुर घर्ती रोडलाइन प्यालेस होटेलका सञ्चालक हुन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले अपहरणमा परेका पूर्णबहादुर बोहरालाई सकुशल उद्दार गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

घरको छतबाट हामफालेका व्यापारीको मृत्यु

काठमाडौं, ०५ साउन । काठमाडौंको चाबहिलस्थित कुमारीगालमा घरकाे छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु भएको छ । सोमबार...

कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं, ०५ साउन । कीर्तिपुरमा जलेको व्यक्तिको परिचय खुलेको छ। मंगलबार कीर्तिपुर नगरपालिका-१ मा बा ५ च ३०३८...

गोंगबुको होटलमा युवती मृत फेला, हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौं, ०५ साउन । गोंगबुस्थित मित्रनगरको माउन्टेन एक्सेल्सिभा होटलको कोठामा एक युवती मृत भेटिएको घटनामा संलग्न रहेको आरोपमा...

विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर

काठमाडौं, ०५ साउन । सरकारको चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्कालका...