‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ फागुन । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नं ३१ का सिंहलाई बुधबार पक्राउ परेका हुन् भने धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ का तिवारी मङ्गलबार पक्राउ परेका हुन् ।
हालसम्म उक्त कसूरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित नौ जनालाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । अभियुक्तहरुले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरी गैरकानुनी रुपमा आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार योसँगै ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपाल स्थित लोकल एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालक समेत गरी ९ जनालाई पक्राउ गरिसकेको छ। यसअघि सिआइबीले माघ २५ गते श्रिद्धी अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको थियो। उनीहरूमाथि प्रहरीले राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुर तथा संगठित अपराध अनुसार अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

माघ ११ गते सिआइबीले पर्वतारोहण गर्न आएका विदेशी पर्यटकलाई बिमाको रकम असुली गर्न संगठित रूपमा ठगी हुँदै आएको भन्ने जानकारी पाएको थियो। त्यति बेला सिआइबीले ६ जनालाई पक्राउ समेत गरेको थियो।
संगठित रूपमा पर्यटकलाई बिरामी भएको बताउँदै हेलिकप्टरबाट उद्धार गर्ने र अस्पतालमा भर्ना गरी बिमा दाबी गर्ने गरेको आरोप उनीहरूमाथि थियो।
प्रहरीले माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी, अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुवास केसीलाई पक्राउ गरेको थियो।
२०७५ सालमा पर्यटन मन्त्रालयले कार्यदल नै बनाएर यसबारे अनुसन्धान गरेको थियो। सो अध्ययन प्रतिवेदन प्रहरीलाई पनि दिएको सिआइबीले जनाएको छ।
पछिल्लो समय यही साल असोजमा नक्कली उद्धार भइरहेको उजुरी सिआइबी कहाँ आएको थियो। यस्तो सूचना आएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

अनुसन्धान गर्दा माउन्टेन रेस्क्यू सर्भिसले गरेका १२४८ वटा उद्धारमध्ये १७१ वटा नक्कली देखा परेका थिए। त्यस्तै नेपाल चार्टर्ड सर्भिसले गरेका ४७१ वटा उद्धारमध्ये ७५ वटा शंकास्पद देखिएको थियो। एभरेस्ट एक्स्पेरियन्स एन्ड एसोसिएट्सका ६०१ वटा उद्धारमध्ये ७१ वटा शंकास्पद देखिएको थियो। त्यसबाट यी कम्पनीहरूले एक करोड ९६ लाख ९० हजार अमेरिकी डलर (झन्डै दुई अर्ब ८७ करोड रूपैयाँ) बिमा दाबी गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

घरको छतबाट हामफालेका व्यापारीको मृत्यु

काठमाडौं, ०५ साउन । काठमाडौंको चाबहिलस्थित कुमारीगालमा घरकाे छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु भएको छ । सोमबार...

कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं, ०५ साउन । कीर्तिपुरमा जलेको व्यक्तिको परिचय खुलेको छ। मंगलबार कीर्तिपुर नगरपालिका-१ मा बा ५ च ३०३८...

गोंगबुको होटलमा युवती मृत फेला, हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौं, ०५ साउन । गोंगबुस्थित मित्रनगरको माउन्टेन एक्सेल्सिभा होटलको कोठामा एक युवती मृत भेटिएको घटनामा संलग्न रहेको आरोपमा...

विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर

काठमाडौं, ०५ साउन । सरकारको चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्कालका...