बालेन्द्र शाहले बुझाए आयोगमा लिखित बयान

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ पुस । भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित समितिसमक्ष काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता बालेन्द्र शाहले लिखित बयान बुझाएका छन्। आयोगका सदस्य विज्ञानराज शर्माले आयोगले पठाएका प्रश्नहरूको जवाफमा शाहले लिखित बयान बुझाएको बताएका छन् । ७ पुसमा शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका थिए । भदौ २३ र २४ गतेको घटनामा छानबिन गरिरहेको आयोगले उनलाई बोलाएपछि उनले बयान दिएका थिए । आयोग स्रोतका  त्यतिबेला  उनीसँग करिब २ घन्टा सोधपुछ गरिएको थियो ।  २३ गतेको घटना देखि २४ गतेको घटना हुदाँ कहाँ हुनुहुन्थ्योदेखि सामाजिक सञ्जालका विषयसम्म आयोगले सोधेको थियो । आयोगले सिंहदबार जलाउने प्रसंगदेखि महानगरको सुरक्षा र दमकल समयमा नपुगेको गुनासोसम्ममा प्रश्न सोधेको थियो । शाहले के जवाफ दिए भन्नेबारे केही बताउन नमिल्ने भन्दै आयोगले खुलाउन चाहेन ।

आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित बयान लिएको थियो । आयोगका प्रवक्ता विज्ञानराज शर्माले बयानको क्रम अब अन्त्यतिर रहेको बताए । आयोगले फिल्डमा खटिएका प्रहरी, जेन-जी प्रतिनिधिदेखि प्रधानमन्त्रीसम्मको बयान लिइसकेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई पनि आयोगले एक साताको म्याद दिएर लिखित प्रश्न पठाइसके पनि जवाफ पाइसकेको छैन । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...